पृथ्वीनारायण क्याम्पसमा नमुना मतदान, ९ मत बदर

पाेखरा | कात्तिक २३, २०७९

पृथ्वीनारायण क्याम्पसमा नमुना मतदान, ९ मत बदर

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले पृथ्वीनारायण क्यापसमा  नमूना मतदान गरिएको छ । 

 

गएको बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मत बदर भएको भन्दै नेत्रहिन युवा संघ कास्कीले नमूना मतदान कार्यक्रम आयोजना गरेको हो । 

 

पोखरा महानगरपालिका १ बगरस्थित प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत पृथ्वीनारायण क्याम्पसमा आज (बुधबार) आयोजना गरिएको नमूना मतदानमा ७० मत खसेको थियो । 

 

पृथ्वीनारायण क्याम्पसमा नमूना मतदान केन्द्रमा खसेको ७० मत मध्ये ९ मत बदर भएको नेत्रहीन युवा संघ कास्कीका अध्यक्ष सूर्यप्रसाद भट्टराईले बताए । 

 

‘क्याम्पसमा नमुना मतदान गरेका छौं, उनले भने, ‘कार्यक्रम सञ्चालन हुँदा नै केही विद्यार्थीहरु आएर मतदान गर्नुभयो तर सुरुमा भएको मतदान नै बदर भएको पाइयो । त्यसैले मतदाता शिक्षा आवश्यक देखिन्छ ।’

 

उनले मत बदर कम गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बताए । ‘स्थानीय तह निर्वाचनमा मत बदर बढी भएकाले यसपटक बदर न्यूनीकरणका लागि नमूना मतदानको गरिएको हो, भट्टराईले भने, ‘मतदान गर्दा स्वष्तिक छाप लगाएर मतपत्र पट्याउन नजान्दा मत धेरै बदर भएको पाइएको छ । त्यसैले निर्वाचन आयोगले मतदाता शिक्षालाई तिव्रता दिन आवश्यक देखिन्छ ।’

 

नेत्रहीन युवा संघ कास्कीले अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्यक्रम आयोजना गरिएको बताउदै मतदाता शिक्षा सबैलाई आवश्यक पर्ने भएकाले कास्कीको विभिन्न स्थानमा नमूना मतदान कार्यक्रमलाई निरन्तरता दिइने बताएइको छ ।

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्